अर्घाखाँची- अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङख्या १८ पुगेको छ। मृतकमध्ये ८ जनाको सनाखत भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए। सनाखत हुनेमध्ये सन्धिखर्क नगरपालिका वडा-७ बस्ने ५६ वर्षिय शिवलाल भट्टराई‚ बलराम भट्टराई, ५० बर्षीया माया पुरी, २२ वर्षीया मनिका खड्का, भुमेकास्थान नगरपालिका-९का १९ बर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका-३की सिता भाट, चालक ॐ बहादुर थापा, सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत गुल्मीका राजकुमार महत रहेका छन्।
अर्घाखाँचीबाट बुटवलतर्फ आउदै गरेको लु २ ख २१४८ नम्बरको बस बाटोबाट करीब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी १३ जना घाइते भएका छन्। घाइतेहरुको बुटवल तथा अर्घाखाँचीमा उपचार भइरहेको छ।
दुर्घटनाको कारण भने अहिले सम्म खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।