काठमाडौं- १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष भलिबल खेलको तालिकाअनुसार नेपालको पहिलो खेल बंगलादेशविरुद्ध भइरहेको छ।
दुई दुई सेट बराबरी भएपछि खेल पाँचौँ सेटतर्फ धकेलिएको छ।
बुधबार भएको खेलमा दोस्रो सेट समापन हुँदासम्ममा नेपाल र बंगलादेश दुवै देशले समान एक एक सेट जितेकाे छन्।
पहिलो सेटमा नेपालले बंगलादेशलाई २५-२१ अंकले पराजित गरेको थियो। तर दोस्रो सेट भने नेपालको पोल्टामा पर्न सकेन। दोस्रो सेटमा बंगलादेशले नेपाललाई २५-२३ ले पराजित गर्यो। तेस्राे सेट नेपालले २५-१९ ले जित्याे भने चाैथाे सेट बगलादेशले २६-२४ ले जित्याे। जसले खेल पाँचौँ सेटतर्फ धकेलियाे।
यसअघि महिला भलिबलमा बंगलादेशविरुद्ध नेपालले जित हासिल गरेको थियो। पहिलो र दोस्रो दुवै सेटमा नेपालले जित हासिल गरेपछि सो खेलको नतिजा नेपालका पक्षमा आएको थियो।
भलिबलमा सहभागी ६ देशलाई दुई समूहमा विभाजन गरिएको छ। त्यसअनुसार भलिबलको समूह ‘ए’ मा नेपाल, भारत र बंगलादेश रहेका छन्। समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन्।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कबर्ड हलमा जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।