बुटवल- अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङख्या १७ पुगेको छ।
सन्धिखर्क नगरपालिका-६ नरपानी रातामाटामा भएको दुर्घटनामा परी १० पुरुष र ७ महिलाको मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए।
अर्घाखाँचीबाट बुटवलतर्फ आउदै गरेको लु २ ख २१४८ नम्बरको बस बाटोबाट करीब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी १३ जना घाइते भएका छन्। घाइतेहरुको बुटवल तथा अर्घाखाँचीमा उपचार भइरहेको छ।
प्रहरी तथा स्थानीयले अहिले पनि उद्धार गरिरहेका छन्। दुर्घटनाको कारण भने अहिले सम्म खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।