काठमाडौं- अमेरिकालाई पछि पार्दै पहिलो पटक चीन विश्वको कूटनीतिक उपस्थितिमा पहिलो बनेको छ।
अस्ट्रेलियाली थिंकट्याङक लोयी इन्स्टिट्युटका अनुसार दूतावास र अन्य कूटनीतिक कार्यालयहरूको संख्या यसपटक चीनको सबैभन्दा बढी पुगेको हो।
यो वर्षमा चीनको विश्वभर रहेका दूतावास र अन्य कूटनीतिक कार्यालयहरूको सङ्ख्या २ सय ७६ पुगेको छ। जबकि अमेरिकामा यस्ता कार्यालयहरू २ सय ७३ वटा मात्रै छन्।
लोयी इन्स्टिट्युटले हालै सार्वजनिक गरेको प्रतिवेदनमा दूतावास, उच्च आयोग र वाणिज्य दूतावासहरू समावेश गरिएका छन्। प्रतिवेदनमा यसले देशको भूराजनीतिक पहुँचको शक्तिको संकेत गर्ने उल्लेख गरिएको छ।
अमेरिकापछि क्रमशः फ्रान्स, जापान र रुस, टर्की, जर्मनी, ब्राजिल, स्पेन, इटाली, बेलायत र भारत छन् ।
सन् २०१६मा भने यो अवस्था विल्कुलै भिन्न थियो। त्यतिबेला अमेरिका पहिलो थियो। फ्रान्सपछि दोस्रो र त्यसपछि मात्रै तेस्रो स्थानमा चीन रहेको थियो।
नेपालको अवस्था
दक्षिण एसियाली मुलुकहरूमा भने भारत सबैभन्दा बढी कूटनीतिक उपस्थिति रहेको देश भएको प्रतिवेदनमा उल्लेख छ। भारतका विश्वमा १ सय ८६ स्थानमा कूटनीतिक कार्यालय छन्।
नेपाल भने कूटनीतिक उपस्थितिमा दक्षिण एसियामा भुटान बाहेक सबै मुलुकभन्दा तल छ। नेपालको ३९ स्थानमा कूटनीतिक उपस्थिति छ।
.png)
भारत पछि पाकिस्तान, बाङ्ग्लादेश र श्रीलङ्का रहेका छन्। माल्दिभ्सलाई भने प्रतिवदेनमा समावेश गरिएको छैन्।
पाकिस्तानको १ सय १७, बाङ्गलादेशको ७५‚ श्रीलङ्काको ६७ र भुटानको ९ स्थानमा कूटनीतिक उपस्थिति छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।