काठमाडौं- दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको महिला भलिबलमा पाकिस्तान नआएपछि माल्दिभ्सले वाक ओभर पाएको छ।
त्रिपुरेश्वरमा रहेको कभर्डहलमा आज दोस्रो हुने भनिएको खेलका लागि पाकिस्तान उपस्थित नभएपछि माल्दिभ्सले वाक ओभर पाउँदै ३ अंक बटुलेको हो।
मंसिर १५ मा औपचारिक उद्घाटन भएपनि भलिबल खेल भने आज (बुधबार) देखि सुरु भएको हो।
पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ। नेपालले बंगलादेशलाई २५–९, २५–९ र २५–११ को सेटमा हराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।