काठमाडौं– रक्षामन्त्री ईश्वर पोखरेल सेनाको मुख्यालय जंगी अड्डा पुगेर सेनाको विभिन्न विषयमा जानकारी लिएका छन्।
रक्षामन्त्री पोखरेललाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले स्वागत गर्दै उनको कार्यकालमा नेपालको राष्ट्रिय सुरक्षा तथा नेपाली सेनाको समयानुकुल आधुनिकीकरण एवं सांगठनिक सुधार र पेशागत दक्षता विकासमा महत्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
प्रधानसेनापति क्षेत्रीले राष्ट्रिय गौरवको काठमाण्डौं–तराई÷मधेश दु्रतमार्ग आयोजनामा रक्षा मन्त्रालय लगायत सरोकारवाला निकायहरुको सद्भाव प्राप्त भएमा समय सिमाभित्र पुरा हुने बताएका थिए।
कार्यक्रममा रक्षामन्त्री पोखरेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण तथा चुनौतीहरु, नेपाली सेनाको सांगठनिक संरचना, कल्याणकारी कार्यक्रमहरु तथा अपरेशनल एवं अन्य विविध गतिविधिबारे प्रस्तुतिकरण गरिएको थियो । प्रस्तुतिकरण पश्चात उक्त विविध विषयहरुमा अन्र्तक्रिया समेत भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।