• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

न्यायिक छानबिन आयोग प्रतिवेदन : जुट मिलको सम्पत्ति हडप्न प्रमुख निर्वाचन आयुक्तदेखि राजपा अध्यक्ष मण्डल सदस्यसम्म

गोप्य प्रतिवेदन ३ महिनादेखि उद्योग मन्त्रालयको दराजमा
64x64
दुर्गा दुलाल शुक्रबार, मंसिर १३, २०७६  १७:३९
1140x725

काठमाडौं- नेपालकै पहिलो उद्योग विराटनगर जुट मिलमा भएको अनियमितता र सम्पत्ति दुरुयोगको छानबिनका लागि गठन भएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको छ। आयोगले बुझाएको सो प्रतिवेदन ३ महिनादेखि उद्योग मन्त्रालयको दराजमा थन्काइएको पाइएको छ। 

उच्च अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठन भएको उक्त समितिले २०७६ असोजमै काम सकेर गरेर कात्तिकमा मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो।

तत्कालीन उद्योगमन्त्री मातृका यादवले ठूलो दबाबका बीचमा उक्त उद्योगको सम्पत्ति दुरुपयोग छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरेका थिए। २०७५ चैत ११ गते मन्त्रिपरिषद बैठकको निर्णयबाट उच्च अदालतका न्यायाधीश पौडेलसहित पाँच सदस्यीय जाँचबुझ आयोग गठन भएको थियो।

उक्त आयोगमा उच्च सरकारी वकिलको कार्यालय विराटनगरका सहन्यायाधिवक्ता भरतलाल शर्मा, सह-महालेखा नियन्त्रणक जनन्नाथ देवकोटा, जनककुमार बराल विज्ञ र जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे सदस्यका रूपमा रहेका थिए। न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बाध्यकारी व्यवस्था भएकाले तत्कालीन समयमा मन्त्रीले यसको गठन गरेका थिए। अन्य छानबिन  समितिको  प्रतिवेदन मन्त्रालयले बुझ्ने र त्यसै हराउने भएकाले न्यायिक जाँचबुझ आयोग गरिएको थियो। न्यायिक आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारका लागि बाध्यकारी हुन्छ। 

उक्त आयोगले २०७६ जेठ १७ गते काम प्रारम्भ गरेको थियो। सुरुमा एक महिना म्याद पाएको उक्त समितिले मन्त्रिपरिषदबाट थप एक महिना समय पाएको थियो। उक्त म्याद समाप्त हुनुअघि नै तत्कालीन मन्त्री यादवलाई समितिले प्रतिवेदन बुझाएको थियो। यादव मन्त्रिपरिषदबाट बाहिरिने निश्चित भएपछि यो आयोगको प्रतिवेदन मन्त्रालयको एक दराजमा थन्किँदै आएको छ। यादवपछि उक्त मन्त्रालयमा उद्योगमन्त्रीको रुपमा लेखराज भट्टले जिम्मेवारी पाइसकेका छन्।

आयोगले देख्यो अनियमिता नै अनियमितता
छानबिन आयोगले निर्माण गरेको गोप्य प्रतिवेदनअनुसार जुटमिलको सेयर, सम्पत्ति/जग्गा अतिक्रमण, चल/अचल सम्पत्ति समाप्त पार्ने कार्य भएको ठहर गरेको छ। समितिले जुट मिल सञ्चालनका नाममा गठन भएका सबै समितिले सरकारी जग्गा, सेयर र सम्पत्ति हडप्ने प्रयास मात्र गरेको उल्लेख गरेको छ। मिल संचालनका नाममा गठन भएका सबै समितिका पदाधिकारीमाथि प्रतिवेदनले कारबाही सिफारिस गरेको छ। समितिको प्रतिवेदनमा हालका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले खरिद गरेको सेयर, तत्कालीन उद्योगमन्त्री तथा राजपाका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले वितरण गरेको जग्गादेखि प्रबन्ध सञ्चालक भएका निलहरि काफ्लेसम्मको कारबाहीले राज्यको सम्पत्ति नोक्सान पुगेको ठहर गरेको छ।

वि. स. १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिलको सम्पत्ति हाल १५ अर्ब रुपैयाँ बराबर छ। बन्द उद्योगको यही सम्पत्तिमाथि चलखेल गर्न विभिन्न समयमा भएका कार्यबारेमा आयोगले आफ्नो प्रतिवेदनमा समेटेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

चलचित्र निर्माता काफ्लेलाई २०७२ सालमा तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले सञ्चालक समितिको सदस्यमा नियुक्त गरेका थिए। उनी सञ्चालक समिति सदस्य हुँदै जुट मिललाई हडप्न आफैं गैरकानुनी रुपमा मध्यस्थकर्तासम्म भएको प्रतिवेदनमा उल्लेख छ।

२०७२ पछि अनियमितताको खेल सुरु
२०७२ मा तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले विराटनगर जुट मिल सञ्चालनमा ल्याउने र रोजगारी सिर्जना गर्ने घोषणा गरे। उनकै प्रस्तावमा सरकारले २०७२ असार ३१ मा निलहरि काफ्लेलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्‍यो।  अध्यक्ष काफ्लेले मिललाई पूर्ण रूपमा चलाउने भन्दै विभिन्न योजना सरकार समक्ष पेश गरे। 

काफ्लेले सुरुमा व्यापारी बसन्त वनलाई सहयोगीका रूपमा लिएर सञ्चालक समितिको सदस्य नियुक्त गरे। पछि वनलाई उनले अध्यक्ष बनाएर आफू प्रबन्ध निर्देशक बने। अध्यक्ष निलहरि काफ्लेले सदस्यमा नियुक्त गराएका वनले जुटमिलको वैधानिकता नभएको भन्दै २९ असोज २०७२ मा जुट मिललाई कम्पनी ऐनको अधीनमा रहने गरी कम्पनीका रुपमा दर्ता गराए। न्यायिक आयोगले यही बिन्दुलाई अनियमितताको शुरुवात मानेको छ। जग्गा, सम्पत्ति र त्यहाँभित्र रहेका मेसिनमाथिको अनियमिमता भएको आयोगको प्रतिवेदनमा उल्लेख छ।

यस्तो छ जुटमिलको इतिहास
राणाकालीन समयमा स्थापना भएको विराटनगर जुटमिल लामो समय भारतीय लगानीकर्ताले प्राइभेट लिमिटेडका रूपमा व्यवस्थित रूपमा चलाएका  थिए। भारतीय लगानीकर्ता बाहिरिएपछि व्यवस्थापनको जिम्मा सरकारमाथि आयो। 

Xtrem

Xtrem

राजनीतिक नियुक्ति, चलखेल र अनावश्यक हस्तक्षेका कारण सरकारले व्यवस्थित रुपमा मिल चलाउन सकेन। मिल चरम घाटामा गयो। त्यसपछि सरकारले उक्त मिल लिजमा दिएर सञ्चालन गर्ने निर्णय गर्‍यो। विभिन्न व्यक्ति तथा कम्पनीले मिल लिजमा लिएर चलाउने र छाड्ने गरे।

यही बीचमा गोल्छा समूह जुट मिलमा प्रवेश गर्‍यो। यो समूहले पनि घाटामा गएको भन्दै २०५४ मा  मिल बन्द गर्‍यो। मिलमा काम गर्ने ३ हजार बढी मजदूर कर्मचारी अलपत्र परे। उनीहरू आफ्नो पारिश्रमिक माग गर्दै गोल्छा र सरकारविरुद्ध आन्दोलनमा उत्रिए। लोकतन्त्र बहालीपछि उनीहरूले आन्दोलन झन् चर्काए। २०६६ मा सरकारले ५६ करोड रुपैयाँ दिएर सबै कर्मचारी मजदुरहरूलाई 'गोल्डेन हेन्डसेक'मा बिदा गर्ने निर्णय गर्‍यो। मजदुरलाई भुक्तानी दिएबापत जुट मिलको शेयर सरकारको हिस्सामा वृद्धि हुने पर्ने शर्त राखियो।

तत्कालीन समयमा नियुक्त भएका सञ्चालक समिति अध्यक्ष अशोक पोखरेलले त्यसलाई स्वीकार गर्दै सञ्चालक समितिको बैठक राखेर अनुमोदन गराएका थिए। सरकारको लगानीलाई शेयरमा परिणत गरेर सरकारको शेयर ४६ प्रतिशतबाट ६८ प्रतिशत पुयाउने निर्णय भयो।

रोजगारीका लागि भन्दै सुनसान बनेको उक्त मिललाई सरकारले भारतीय कम्पनी बिमसम प्रालिलाई ३ करोड धरौटी जम्मा गराएर २५ वर्षका लागि लिजमा २०७० दिने निर्णय गर्‍यो। तर, विद्युत आपूर्तिको समस्या देखाउँदै बिमसमले एक वर्षमै मिलमा ताला लगाएपछि मिल फेरि पूर्ण अवस्थामा बन्द भयो। ३ करोड धरौटी राखेर मिल सञ्चाल गर्न थालेको बिमसमले ३३ केभिए लाइन नपाएको भन्दै मिल बन्द गर्न बाध्य भएको बताएको थियो।

यो पनिः
अलपत्र विराटनगर जुट मिल

प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  १७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्