काठमाडौं- १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको छ।
पहिलो सेट २५-९ ले जितेको नेपालले त्यसपछि लगातार बंगलादेशलाई दबाबमा राख्दै खेल जितेको हो।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपालले दोस्रो सेट पनि २५-९ ले नै जित्यो।
साथै सुरुवात केही प्रतिस्पर्धात्मक देखिएको तेस्रो सेटमा २५–११ ले हराउँदै नेपालले पहिलो खेल जितेको हो।
सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भए पनि भलिबल खेल चार दिन अघि नै सुरु भएको हो।
महिला भलिबलमा नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र भारत छन्। समूह ‘बी’ मा भने माल्दिभ्स, पाकिस्तान र श्रीलंका छन्।
हेर्नुहोस् थप तस्बिर
.jpg)
.jpg)
(1).jpg)
(1).jpg)
(1).jpg)
(1).jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।