काठमाडौं- १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको छ।
पहिलो सेट २५-९ ले जितेको नेपालले त्यसपछि लगातार बंगलादेशलाई दबाबमा राख्दै खेल जितेको हो।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपालले दोस्रो सेट पनि २५-९ ले नै जित्यो। साथै सुरुवात केही प्रतिस्पर्धात्मक देखिएको तेस्रो सेटमा २५–११ ले हराउँदै नेपालले पहिलो खेल जितेको हो।
सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भए पनि भलिबल खेल चार दिन अघि नै सुरु भएको हो।
महिला भलिबलमा नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र भारत छन्। समूह ‘बी’ मा भने माल्दिभ्स, पाकिस्तान र श्रीलंका छन्।
आजै हुने समूह ‘बी’ को खेलमा माल्दिभ्सले पाकिस्तानसँग ५ बजे प्रतिस्पर्धा गर्नेछ।
.jpg)
त्यस्तै, सागमा पुरुष भलिबलतर्फ नेपालले आजै बंगलादेशसँग बेलुका ७ बजे प्रतिस्पर्धा गर्नेछ। खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा नै हुनेछ।
पुरुष भलिबलमा महिलाको जस्तै समूह ‘ए’ मा नेपाल, भारत र बंगलादेश रहेका छन्। समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन्।
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।