काठमाडौं- १३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पुरुष क्रिकेटमा नेपाली टिमबाट सन्दीप लामिछानेले नखेल्ने भएपछि उनको स्थानमा रोहितकुमार पौडेलले मौका पाएका छन्।
सन्दीपको आँखाको शल्यक्रियासँगै उनले साग नखेल्ने भएका थिए। योसँगै सन्दीपको स्थानमा रोहितले मौका पाएका हुन्। रोहित बैकल्पिक खेलाडीको रुपमा थिए।
मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औं सागको क्रिकेट १७ गतेदेखि सुरु हुनेछ। त्रिवि क्रिकेट मैदानमा हुने पुरुष क्रिकेट खेलमा ५ टिमको सहभागिता रहनेछ। आयोजक नेपालसँगै बंगादेशको यू–२३, श्रीलंकाको यू–२३ टिम, माल्दिभ्स र भुटान रहेका छन्।
उद्घाटन खेलमा नेपालले मंसिर १७ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, नेपालले १९ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ। २० तारिखमा माल्दिभ्ससँग खेल्ने नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग २१ तारिखमा खेल्नेछ।
राउण्ड रोविनको आधारमा हुने प्रतियोगिताको शीर्ष २ टिम फाइनलमा प्रवेश गर्नेछ। टी–२० फम्र्याटमा हुने खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले खेल्नेछ।
नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दिपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, रोहितकुमार पौडेल, विनोद भण्डारी, अविनाश बोहरा, सुशान भारी, कुशल भुर्तेल, सन्दीप जोरा, आरिफ शेख, पवन सर्राफ, ललितनारायण राजवंशी, राशिद खान रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।