काठमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताका भलिबल खेल आजबाट सुरु हुँदैछ।
औपचारिक उद्घाटन मंसिर १५ गते हुने भए पनि भलिबल खेल चार दिन अघि नै सुरु हुन लागेको हो।
त्रिपुरेश्वरस्थित कभर्डहलमा आज दिउँसो ३ बजे सागको महिला भलिबलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र भारत छन्। समूह ‘बी’ मा भने माल्दिभ्स, पाकिस्तान र श्रीलंका छन्।
आजै हुने समूह ‘बी’ को खेलमा माल्दिभ्सले पाकिस्तानसँग ५ बजे प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै, सागमा पुरुष भलिबलतर्फ नेपालले आजै बंगलादेशसँग ७ बजे प्रतिस्पर्धा गर्नेछ। खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा नै हुनेछ।
पुरुष भलिबलमा महिलाको जस्तै समूह ‘ए’ मा नेपाल, भारत र बंगलादेश रहेका छन्। समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।