काठमाडौं– च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टसले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ।
मंगलबार राति समूह ‘डी’को खेलमा पाउल डिबेलाको एकमात्र निर्णायक गोलमा युभेन्टसले एथ्लेटिको मड्रिडलाई १–० गोलअन्तरले पराजित गरेको हो।
पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै डिबेलाले युभेन्टसलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा यो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो।
च्याम्पियन्स लिगको अन्तिम १६ मा यसअघि नै पुगिसकेको युभेन्टसले ५ खेलबाट १३ अंक बनाएको छ। समान खेल खेलेको एथ्लेटिको मड्रिडको भने ७ अंक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।