काठमाडौं– च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बराबरी खेल्दै अंक बाँडेका छन्।
मंगलबार राति भएको समूह ‘ए’को खेलमा रियलले आफ्नो अग्रता जोगाउन नसक्दा बराबरीमा खेल सकाएको हो।
रियलका लागि करिम बेन्जिमाले २ गोल गरे। पीएसजीका लागि केलियन एमबाप्पे र पाब्लो सरावियाले गोल गरे।
खेलेको १७औं र ७९औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २–० गोलको अग्रता दिलाएका थिए। तर खेलको ८१औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई २–१ गोलको स्थितिमा ल्याए।
८३औं मिनेटमा सरावियाले गोल गरेपछि रियलसँग पीएसजीले २–२ गोलको बराबरी खेलेको हो। समूह ‘ए’मा रहेका यी दुवै टिम यसअघि नै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरिसकेका छन्।
शीर्ष स्थानमा रहेको पीएसजीको ५ खेलबाट १३ अंक छ भने रियलको समान खेलबाट ८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।