काठमाडौं– इंग्लिस क्लब टोटेनहम च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।
मंगलबार राति भएको खेलमा टोटेनहमले ग्रिसको ओलम्पियाकोसलाई ४–२ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो। टोटेनहमको जितमा ह्यारी केनले २ गोल गरे।
त्यस्तै, डेली अली र सर्ज अउरिएरले समान १–१ गोल गरे। यता, ओलम्पियाकोसका लागि अल अरबी र बोर्गेस सेमेदोले गोल गरे।
अरबीले खेलको छैटौं मिनेटमा नै गोल गर्दै ओलपिम्याकोसलाई अग्रता दिलाएका थिए। खेलेको १९औं मिनेटमा सेमेदोले गोल गरेपछि ओलम्पियाकोस २–० गोलको अग्रतामा पुग्यो।
तर अलीले अतिरिक्त समयमा गोल गरेपछि पहिलो हाफसम्म टोटेनहमका २–१ गोलले पछि रह्यो। केनले खेलको ५०औं मिनेटमा गोल गर्दै टोटेनहमलाई २–२ गोलको बराबरीमा ल्याए।
अउरिएरले ७३ औं मिनेटमा गोल गर्दै ३–२ गोलको अग्रता दिलाएको टोटेनहमलाई केनले ७७औं मिनेटमा गोल गरेपछि ४–२ गोलको जित दिलाए।
यो जितसँगै टोटेनहम प्रि-क्वाटरफाइनलमा पुगेको हो। समूह ‘बी’बाट शीर्ष स्थानमा रहेको बायर्न म्युनिख यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।