काठमाडौं– ललितपुरको थैवमा छापा हानी प्रहरीले १९ जना जुवाडेलाई पक्राउ गरेको छ। चिरायु केसीसहितका जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुबाट ५ लाख १२ हजार ७ सय ७५ रुपैयाँ बरामद भएको छ। पक्राउ परेका उपर महानगरीय प्रहरी वृत्त ललितपुरले जुवा ऐनअनुसार कारबाही अघि बढाएको छ।
नियमित रुपमा जुवा खेलाइने गरेको सूचनाका आधारमा छापा हानी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।