काठमाडौं- विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा मंगलबार भएको खेलमा पुलिसले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। पुलिसको जितमा कप्तान जुमानु राईले गोल गरे।
खेलको आठौं मिनेटमा भरत साहको प्रहार पोलमा लाग्दै बाहिरदा पुलिस अग्रता लिनबाट चुकेको थियो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफमा गोल गर्दै जित हात पारेको हो। ८१औं मिनेटमा कप्तान जुमानुले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। बाँकी समयमा ब्रिगेड ब्वाइज क्लबले गोल गर्न नसकेपछि पुलिसले १–० गोलको संघर्षपूर्ण जित निकालेको हो।
अब पुलिसले उपाधिका लागि बुधबार एपीएफ र थ्री स्टार क्लबको विजेतासँग शनिबार खेल्नेछ।
प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ। दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ पाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।