तिराना (रासस)- अल्बानियामा मङ्गलबार गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १३ पुगेको छ।
अल्बानियाको रक्षा मन्त्रालयका अनुसार १३ जनाको मृत्यु भएको हो।
रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'भूकम्पका कारण मृत्यु हुने नागरिकको सङ्ख्या १३ पुगेको छ।'
पछिल्ला केही दशकमा बाल्कन राज्यहरूमा भूकम्पका कारण यति ठूलो क्षति नभएको स्थानीयवासीले बताएका छन्।
भूकम्पका कारण करिब ५०० व्यक्ति घाइते भएका र ठूलो सङ्ख्यामा घरहरू भत्किएका वा चर्किएका बताइएको छ।
घटनाबाट भएको क्षतिको विस्तृत विवरण अझै आउन बाँकी छ।
उद्धारसम्बन्धी बिबिसीले सार्वजनिक गरेको भिडियो हेर्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।