काठमाडौं- ‘मंसिर १० गते तपाईं हिटिङ स्वीमिङ पुलमा आउनुहोस् पानी हालेको पाउनु हुनेछ।’ साग खेल्ने स्वीमिङ पुलको ठेक्का पाएका किरातेश्वर कन्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनी प्रालीका प्रबन्ध निर्देशक सनकसिंह राईलाई मंसिर ५ गते ‘पोखरी तयार होला?’ भन्ने प्रश्न गर्दा पाएको जवाफ हो यो।
निर्देशक राईकै कुरालाई मान्दै हामी मंसिर १० गते (आज) १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताका लागि निर्माण भइरहेको हिटिङ स्वीमिङ पुलमा पुग्यौं। तर पहिले पुग्दा र अहिलेमा खासै फरक पाइएन।
काम नभएको होइन तीव्र गतिमा भइरहेको छ। तर सागको मुखैमा हतारमा गरिएको कामले कत्तिको स्तरीय बन्छ भन्नेमा शंका बढेको छ।
मंसिर ५ गते पुग्दा हिटिङ स्वीमिङ पुलको भित्री भागमा टायल हालिँदै थियो। यो काम अहिले सकिएको छ। त्यसबेला छाना हाल्ने काम थालिएको थिएन।
अहिले छाना हाल्ने काम अन्तिम चरणमा छ। स्वीमिङ पुलको उत्तर र दक्षिण भागमा बार हाल्ने काम पनि अन्तिम चरणमा छ।
स्वीमिङ पुलको डिलमा टायल हाल्ने काम धमाधम भइरहेको छ भने पश्चिमपट्टी निर्माण भएको भवनमा प्याराफिट बनाउने काम पनि चलिरहेको छ।
.JPG)
पछिल्लो ठेक्का सम्झौता अनुसार कात्तिक १५ मा निर्माण सम्पन्न गर्नु पर्ने थियो। समयमै काम सक्छौँ भनेर ठेकेदार कम्पनीले दाबी पनि गरेको थियो। तर एक महिना बित्न लाग्दा पनि काम सक्ने अवस्था देखिँदैन।
१८ महिनामा सक्ने गरी किरातेश्वर कन्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनी प्रालीले २०७४ मा निर्माण थाल्यो। सम्झौताअनुसार गएको वैशाख मा नै हिटिङ स्वीमिङ पुल निर्माण सक्नु पर्ने थियो। तर सकिएन। तीन महिनाको समय थप गरेर असार मसान्तसम्म सक्ने सम्झौता भयो फेरि काम नसकिएपछि तीन महिनाको समय थप गरेर कात्तिक १५ मा सक्नु पर्ने थियो। तर ठेकेदार र सरकारको ढिलाइ सुस्तीका कारण साग सुरु हुन ५ दिन बाँकी रहँदासम्म पनि स्वीमिङ पुल तयार हुने छाँटकाट छैन।
.JPG)
यसअघि निर्देशक राई भनेका थिए, ‘तपाईं १० गते आउनुहोस् हामी पानी हालेर देखाउँछौं। बाँकी केही काम रहँदैन। छेउछाउमा अलिकति टायल हाल्ने काम रह्यो भने छुट्टै कुरा हो।’
हिटिङ स्वीमिङ पुलमा टायल हाल्नेदेखि छाना राख्ने र रंग्याउने काम सकेर मात्रै हुने छैन। प्राविधिक रुपमा अन्य धेरै सामग्री जडान गर्न बाँकी नै छ। तर यी सबै कुरा खेल सुरु हुने दिनभन्दा अगाडि नै सक्ने ठेकेदार कम्पनीको दाबी छ।
मंसिर १५ देखि २४ गतेसम्म १३औं साग खेलकुद हुने भएपनि स्वीमिङ खेल भने मंसिर १९ देखि सुरु हुनेछ।
.JPG)
हिटिङ स्वीमिङ पुल त्यस्तो प्रविधियुक्त स्वीमिङ पुल हो जहाँ जुनसुकै मौसममा पनि प्रतियोगिता आयोजना गर्न र खेल्न सकिनेछ। निर्माण भइरहेको हिटिङ स्वीमिङ पुल सट कोर्स हो। अर्थात २५ बाई २५ मिटरको स्वीमिङ पुल निर्माण गर्न लागिएको हो।
अन्तर्राष्ट्रिय मान्यताअनुसार स्वीमिङमा पानीको तापक्रम २५ देखि २७ डिग्री हुनु पर्छ। यो भन्दा बढी या घटी हुनु हुँदैन।
यसरी हुँदैछ काम
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।