काठमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा महिला र पुरुष भलिबल खेलको तालिकाअनुसार नेपालको पहिलो खेल बंगलादेशविरुद्ध हुने भएको छ।
सागको औपचारिक उद्घाटन १५ गते हुने भए पनि भलिबलको खेल बुधबारदेखि नै सुरु हुँदैछ।
भलिबलमा सहभागी ६ देशलाई दुई समूहमा विभाजन गरिएको छ। त्यसअनुसार भलिबलको समूह ‘ए’ मा नेपाल, भारत र बंगलादेश रहेका छन्। समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन्।
पुरुष भलिबलको पहिलो खेलमा बुधबार बेलुका ७ बजे नेपाल र बंगलादेशबीच खेल हुँदैछ। दोस्रो खेल शुक्रबार बेलुका ५ बजे नेपाल र भारतबीच हुनेछ।
महिला भलिबलमा बुधबार दिउँसो ३ बजे नेपाल र बंगलादेशबीच खेल हुनेछ। दोस्रो खेल बिहीबार बेलुका ५ बजे नेपाल र भारतबीच हुनेछ।
लिग कम नकआउटका आधारमा हुने खेलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबीच सेमिफाइनल खेल हुनेछ।
भलिबलको सबै खेल त्रिपुरेश्वरस्थित कबर्ड हलमा हुनेछ।
.JPG)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।