काठमाडौं- राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष विनयकुरमार कसजूको निधन भएको छ।
वरिष्ठ पत्रकारसमेत रहेका कसजूको मंगलबार उपचारका क्रममा निधन भएको हो।
मंगलबार अपरान्ह २ बजे मेडिसिटी अस्पतालमा निधन भएका उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो।
निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता रोगबाट पीडित कसजू बालसाहित्यकार समेत हुन्।
सन् १९९६ देखि १९९९ सम्म नेपाल प्रेस काउन्सिलको सल्लाहकारका रूपमा सेवा गरेका कसजूले राष्ट्रिय समाचार समितिको बोर्ड सदस्यको रूपमा र मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा सेवा गरेका थिए।
उनका पशुतन्त्र, लिस्नो, थोपा थोपा लगायतका कृति प्रचलित छन्।
पाल्पाको तानसेनमा उनको जन्म सन् १९४७ जुलाई १८ मा भएको थियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।