रुकुमपूर्व- लागुऔषध चरेससहित दुई युवक पक्राउ परेका छन्। उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषध चरेससहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भूमे–३ क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ।
चरेस झोलामा लुकाइछिपाई बोकेर हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली परिचालन गरी पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।