• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बादलको थकान र विप्लवको गति

64x64
नेपाल लाइभ आइतबार, फागुन २०, २०७४  १३:३५
1140x725

नेकपा एमालेसँग पार्टी एकता गर्न लागेको एकीकृत माओवादी केन्द्रका महासचिव रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय सम्हाले लगत्तै नेत्र विक्रम चन्द 'विप्लव'को घरमा पक्राउ पुर्जी टाँसिएको खबर सार्वजनिक भयो। यो बादलले मन्त्रालय सम्हालेको पर्सिपल्टको खबर थियो।यो घटना संयोग पनि हुन सक्छ र नहुन पनि सक्छ। तर, यी दुवै पात्र कुनै बेलाका सहयोद्धा थिए। तत्कालीन सरकारले टाउकाको मोल तोक्दा होस् वा प्रचण्ड नेतृत्वको मूल पार्टीबाट छुट्टिँदा होस्, उनीहरुसँग साझा सपना र लक्ष्य थिए। तर, समय फेरियो।

बादल अहिले सत्तामा पुगेका छन्। विप्लव भने माओवादीको ‘पुरानै’ आन्दोलनलाई निरन्तरता दिन प्रयासरत छन्।विप्लवको नाममा पक्राउ पुर्जी घरमा टाँसिएपछि विप्लव र बादलको युद्धकालको एउटा फोटो सामाजिक सञ्जालमा ‘भाइरल’ बन्यो। सामाजिक सञ्जालमा उक्त फोटो देखेपछि त्यो फोटो रमाइलो लाग्यो र मोबाइलमा ‘सेभ’ गरेँ। अर्को दिन मोबाइल चलाउँदै गर्दा त्यो फोटो फेरि नजरमा पर्‍यो। अलि फरक लाग्यो फोटो। अघिल्लो दिन नदेखेको थप बिम्ब देखिन थाले, फोटोमा।फोटो कहाँ र कहिले खिचिएको यकिन नभए पनि त्यो फोटोमा देखिएका पात्र र पोजिसनले धेरै कुरा भनिरहे झैं लाग्यो।सँगै हिँडेका दुई सहयात्री।

सम्भवत: एउटै बिन्दुबाट एकै समय हिँड्न सुरु गरेका होलान्।स्वाभाविक हो, उकालो चढ्दै गर्दा एकजना थाक्छन्। र, बस्छन् बाटोमा भेटिएको ढुङ्गामा अथवा सिंहदरवारको कुर्सीमा, ‘लठ्ठी’ बिसाएर!अर्काको अनुहारमा साहस देखिन्छ 'हिँडाइ'प्रति, थकाइको कुनै गुञ्जायस छैन। साथमा 'लठ्ठी'को सहारा पनि छँदैछ। फोटो यस्तै देखिन्छ।बौद्धमा रहेको एक गुम्बा परिसर। युद्धबाट आएका नेताहरुको बाहुल्य। एमाओवादीसँग सम्बन्ध विच्छेद घोषणासभा थियो। मोहन वैद्य, सीपी गजुरेल, बादल, विप्लव लगायत नेताहरु मञ्चमा आसिन थिए। उपस्थित कार्यकर्ता अधिकांश युद्धबाट आएका थिए। टेलिभिजन रिपोर्टिङका लागि पुगेकाले क्यामरापर्सनलाई केही अनुहारहरुको क्लोजअप लिन भनें र म उनीहरुका कुरा सुन्न केन्द्रित भएँ।

मोहन वैद्य ‘किरण’प्रति सबैको श्रद्धा र सम्मान थिए। तर सबैको भरोसा भने विप्लवप्रति देखिन्थ्यो।माओवादी आन्दोलन छिन्नभिन्न हुन लाग्दा पनि केही पछिसम्म साथमै रहे यी सहयोद्धा।मञ्चमा विप्लवलाई बोलाउँदा सबैभन्दा धेरै मुठी उठे समर्थनका।एमाओवादी औपचारिक रुपमा फुटेपछि नयाँ पार्टीको नामका विषयमा बहस भयो। प्रस्तावित नाम भयो– नेकपा, माओवादी।बादलले ठट्टा गरे– भाषण गर्दा नेकपा ‘...’ माओवादी ‘पज’ दिँदै भन्ने।पछि अल्पविराम हटाएर ड्यास राखियो र पार्टी भयो नेकपा-माओवादी। ड्यास माओवादीमा किरण सर्वमान्य नेता थिए, यसमा कसैको शंका थिएन। तर युवा पुस्ताले विप्लवलाई नेतृत्वमा देख्न चाहेका थिए।बादल पार्टीको महासचिव चयन भए।

पार्टीले फाट्टफुट्ट विरोधका कार्यक्रम गर्दै आफ्नो उपस्थिति देखाउँथ्यो। तर, राष्ट्रिय राजनीतिमा यो समूहको आकार एमाओवादीमा हुँदाभन्दा धेरै खुम्चियो। वैद्य समूहको 'मिडिया कभरेज' पनि एमाओवादीमा हुँदाभन्दा स्वत: कम भयो।एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री थिए। संविधानसभाको अवसान भएपछि चुनावको घोषणा गरेको थियो सरकारले। कांग्रेस-एमाले चुनावको विपक्षमा थिए, सरकार परिवर्तन हुनुपर्ने उनीहरुको पहिलो माग थियो। वैद्य नेतृत्वको माओवादी त विरोधमा हुने भइहाल्यो। नेपाली कांग्रेसका केही नेताले 'गोप्य रुपमा' बादललाई भेटे। ‘हामीले खुलेर गर्न मिल्दैन, चुनाव विरुद्ध तपाईंहरुले आन्दोलन चर्काउनुपर्योस। भित्री आवश्यक सहयोग हामी गर्छौं।'

अन्ततः विप्लव धेरै समय बुद्धनगरमा रहन सकेनन्। अर्थात् वैद्यसँग पनि विप्लवले सम्बन्ध तोडे।गृहमन्त्री पदमा समेत रुची नदेखाएका विप्लप ‘क्रान्ति’ मात्र सोच्थे। उनी प्रचण्डका लागि पनि आकर्षण थिए।चाबहिलस्थित उनको निवासमा एकदिन ३ जना पत्रकार अनौपचारिक भेटघाटका लागि गयौं। त्यतिबेला विप्लवलाई पार्टीमा फर्काउने प्रयास गरिरहेका थिए, प्रचण्डले। उनका एकजना भरपर्दा नेताको संयोजकत्वमा समूह नै गठन गरेर विप्लवलाई मनाउने कोसिस भएको थियो। तर उक्त समूहको निचोड थियो– 'बरु आत्महत्या गर्छ। कि त दुई-चार ठाउँ बम पड्काएर लड्दै मारिइन्छ, तर एमाओवादीमा फर्किन्न।'‘उहाँहरु समस्या देख्नुहुन्न किनकि आरामले सत्ता दुरुपयोग गर्न पाइरहनुभएको छ। तर समस्या त छ नि! हिजो त्यत्रो बलिदान गरेर आइयो। कैयौं बेपत्ता छन्, कैयौं मारिए, घाइते र अपाङ्ग छन्।

परिवार, समाज गुमाएका छन्। तिनका मनमा के होला? त्यो कहिल्यै हेर्नुभयो उहाँहरुले', प्लास्टिकको सेतो कुर्सीमा बसेका विप्लव हामीसामु भन्दै थिए।तीन कोठाको फ्ल्याट। गेस्टरुममा सोफा थिएन, प्लास्टिकका कुर्सी थिए। कलर फाटेको र अलिअलि मैलिएको सेतो सर्टमाथि हल्का हरिलो रङको हाफ ज्याकेट। कलम र डायरी देखिन्थ्यो गोजीमा। कपडाको सामान्य पाइन्ट। विप्लव यस्तो हुलियामा थिए।

'उहाँहरुले हामीबाट थ्रेट महसुस गर्नुभएको छ। बरु सत्य के हो भने, हामीले गर्दा मुलुकमा शान्ति छ', विप्लवले भने।'कसरी?''जनताका मनमा धेरै आक्रोश छ। उहाँहरुले धोका दिनुभयो। क्यान्टोनमेन्टबाट निकालिएका पूर्वजनमुक्ति सेनाका कामरेडहरु आक्रोशित छन्। सहिद, बेपत्ता परिवार सबैमा दिक्दारी छ। त्यो मात्र नभएर तराईमा हेर्नुस्। सबैतिर आन्दोलन छन्, अलग अलग स्वरुपमा। हामीले नेतृत्व गर्‍यौं भने त्यो संगठित र व्यवस्थित हुन्छ। राजनीतिक चरित्रको हुन्छ। नत्र आपराधिक समूह जस्ता धेरै समूह बने राष्ट्रलाई धेरै घाटा हुन्छ। त्यसैले यी सबै आक्रोशहरुलाई राजनीतिक क्रान्तिमा जोड्नुपर्छ', उनले थपे।

Ncell 2
Ncell 2
nimb
nimb

अवश्य विप्लव समूहसँग केही अत्याधुनिक हतियार पनि छन्। शान्ति प्रक्रियामा आएपछि माओवादीले राम्राजति हतियार लुकायो। थोत्रा हतियार बुझायो। यो कुरा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई थाहा थियो। राजाको भर नभएकाले राजा रहँदासम्म ‘ठिकै छ’ भन्ने उनको आशय थियो।क्यान्टोनमेन्टबाट केही सय मिटरकै दूरीमा लुकाइएका ती हतियारमध्ये केही पार्टी फुटेपछि विप्लव समूहले नियन्त्रणमा लियो। तर, धेरै हतियार तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई सूचना र निर्देशन दिए। नेपाली सेनाले गोप्य रुपमै ती हतियार लिएर छाउनीमा राख्यो।तर, विप्लवले सोचेजस्तो अब हतियार उठाएर आन्दोलन (केही दशकका लागि?) विल्कुलै सम्भव देखिँदैन।

गत महिना मलेसियामा कार्यरत एक जना पूर्वछापामारले म्यासेन्जरमा 'कल' गरेका थिए। उनी भन्दै थिए– 'गल्ती गरियो दाइ, उबेला बैंक लुट्दा एउटा बोरा मात्र भए पनि लुकाएको भए? क्रान्ति सबैथोक हो भन्ने थ्यो, लास्टमा फिस्स।’तर, अहिले आर्थिक रुपमा यति भ्रष्टीकरण भएको छ कि, अब क्रान्तिका नाममा उठ्ने पैसा नेतृत्वसमक्ष पुग्नेमै शंका छ। अनि हिजोको युद्धबारे उठ्ने प्रश्नको जवाफ विप्लवको थाप्लोमा ठोक्किनेछन्।

केही वर्षअघिको एउटा घटना, यति लेख्दै गर्दा सम्झना आइहाल्यो। माओवादीका मन्त्री थिए। तीन जना कार्यकर्ता जागिर माग्न गए। उनले पढाइको सर्टिफिकेट मागे।'दाइ तपाईंकै आग्रहमा सर्टिफिकेट च्यातेका हौं' मन्त्रीले भने, 'अब कुरा बुझ्नुस् न। तपाईंहरुले सहयोग गर्नुपर्छ।'त्यसो त माओवादीबाट फुटेर सानो आकारमा पुगिसकेका मोहन वैद्य पनि माओवादी आन्दोलन अन्ततः सम्झौतामा पुगेकोमा निरास छन्। '२००७ सालदेखिका सबै आन्दोलन सम्झौतामा टुंगाइयो।

माओवादी आन्दोलन पनि त्यस्तै भयो अब।’ पार्टी फुटे लगत्तै बिबिसी नेपाली सेवासँग कुरा गर्दै 'पार्टी फुटेर छिन्नभिन्न भएपछि अब तपाईंहरुको उद्देश्य पनि पूरा नहुने भयो नि' भन्ने आशयको प्रश्नको उत्तरमा उनले भनेका थिए– 'अहिलेलाई यस्तै भयो भनेर भन्नुस्।'हुन पनि माओवादी अब आफ्नै अस्तित्वमा उभिन नसक्ने अवस्थामा पुगिसकेको छ, र त्यसमा प्रमुख नेताहरु पनि अलग-अलग बाटोका यात्री बनिसकेका छन्। पुष्पकमल दाहाल प्रचण्ड एमालेमा विलय हुने चरणमा छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अर्का नेता बाबुराम भट्टराई नयाँ शक्तिको विकल्पको अलमलमा छन्, मोहन वैद्य एउटा आदर्श बोकेर बसेका छन् भने विप्लव अझै पनि क्रान्ति नै अन्तिम लक्ष्य हो भनेर भूमिगत भइसकेका छन्।तर, यही तस्बिरलाई फेरि पनि जोड्ने हो भने, अब विप्लवलाई 'ठिक' पार्न बादल मैदानमा उत्रिने हुन् या विप्लवले देखेका समस्या समाधानमा बाटो खोज्नेतर्फ जुट्ने हुन् त्यो हेर्न बाँकी छ।न सरकारले विप्लवलाई थुनेर समस्या समाधान हुनेछ न विप्लवले हतियार उठाएर।एउटै कम्युनिष्ट केन्द्रका लागि अघि बढिरहेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रचण्ड र बादलहरुले मुलुकमा विप्लवले देखेका समस्या देख्नुपर्छ भने विप्लवले अहिलेको राष्ट्रिय/अन्तर्राष्ट्रिय स्थितिका साथै नेपाली जनताको विकासको चाहनालाई बुझ्नुपर्छ।यति भयो भने, फोटोमा आराम गरिरहेका बादलले विप्लवलाई खोज्न सुरक्षाकर्मीको सहयोग लिनु आवश्यक छैन।

(पहिलो पटक golmech.wordpress.com मा प्रकाशित यो सामग्रीलाई पुनः प्रकाशनका लागि केही सम्पादन गरिएको हो।)

प्रकाशित मिति: आइतबार, फागुन २०, २०७४  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
सम्बन्धित सामग्री
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? मेलम्चीको खानेपानी पुनः वितरण भए पनि काठमाडौं उपत्यकाका लागि पर्याप्त खानेपानी वितरण हुने छैन। साहका अनुसार दैनिक ५० करोड लिटर खानेप... आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो। आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्