काठमाडौं- मेडिसिटी अस्पतालमा कार्यरत एक डाक्टर बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्।
अस्पतालमा उपचारका लागि आएकी एक युवतीमाथि बलात्कार प्रयास गरेको उजुरी परेपछि महानगरीय प्रहरी परिसर ललितपुरले ती डाक्टरलाई पक्राउ गरेको हो।
एसएसपी टेकप्रसाद राईका अनुसार उपचारका लागि आइतबार अस्पताल पुगेकी ती युवतीले आफूमाथि डा रोहितकुमार झाले बलात्कार प्रयास गरेको भन्दै सोमबार उजुरी दिएपछि पक्राउ गरिएको हो।
एक संस्थामा कार्यरत ती युवती नियमित स्वास्थ्य उपचारका लागि अस्पताल पुगेकी थिइन्। प्रहरीले यो विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।