काठमाडौँ – इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि अपराह्न काठमाडौं आउने भएका छन्।
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा विचारविमर्श हुनेछ । साथै प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना हुनेछ।
भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नेछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।