रियाद- साउदी अरेवियाका युवराज मोहम्मद बिन सलमान औपचारिक भ्रमणका लागि आइतबार इजिप्ट जाने भएका छन्।
युवराज भएपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण भएको अल अरेबिया नामक स्थानीय संचार संस्थाले आइतबार जनाएको छ। यसअघि उनले अमेरिका र बेलायतको भ्रमण गर्ने बताइएको थियो। तर ती देशभन्दा पहिला उनी इजिप्ट गएका हुन्।
उनको यो भ्रमण तीन दिने हुने तय भएको साउदी अरेबियाका अधिकारीहरुले जनाएका छन्। आइतबार अबेरसम्म उनी इजिप्ट पुग्ने कार्यक्रम छ। भ्रमणका क्रममा युवराज सलमानले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसीसँग आतङ्कवाद र कतार संकटका बारेमा छलफल गर्नेछन्।
यी दुई देशले पनि सन् २०१७ को जुन महिनामा कतारमाथि नाकाबन्दी लगाउने निर्णयमा सहमति जनाएका थिए।
साउदी अरेविया र इजिप्टबीचमा सन् २०१४ देखि द्विपक्षीय सम्वन्ध बलियो रहँदै आएको छ। इजिप्टमा सिसी सत्तामा आएपछि अरेििवयासँगको सम्बन्धमा सुधार आएको बताइएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।