अबुजा- नाइजेरियाको उत्तरपूर्वी सहर माम्बीलामा भएको हिंसात्मक घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ।
स्थानीय बासिन्दा र प्रहरी अधिकारीहरुले दिएको जानकारी अनुसार घटनामा परी अन्य धेरै जना घाइते भएका छन्। किसान र गाई गोठालाकाबीच विवाद भएपछि गत बिहीबार माम्बीलामा हिंसात्मक घटना भएको स्थानीय प्रहरीले बताएको छ।
आक्रमणका क्रममा थुप्रै घरहरुमा समेत क्षति पुगेको प्रहरी प्रवक्ता डेभिड मिसालले शनिबार जानकारी दिए। दुई समूहबिचको आन्तरिक झगडाले उग्र रुप लिँदा यस्तो अवस्था आएको स्थानीयवासीको भनाई छ। यस क्रममा धेरै संख्यामा चौपाया पनि मारिएका छन्।
शान्ति सुरक्षा कायम गर्न तथा सो झडपको क्रम पुनः नदोहोरियोस् भनेर घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको मिसालले बताए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।