काठमाडाैं- सरकारले कर्मचारीकाे समायोजन संशोधन, सरुवा, पदस्थापना तथा काज सम्बन्धि काम स्थगित गरेकाे छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्काे व्यवस्था नहुँदासम्मका लागि कर्मचारीकाे समायोजन संशोधन, सरुवा, पदस्थापना तथा काज सम्बन्धि काम स्थगित गरिएकाे जनाएकाे छ।
कर्मचारीहरुको विवरण अद्यावधिक गर्ने कार्य भै रहेकाले २०७६/०८/०८ देखि उक्त काम स्थगित गरिएकाे जनाएकाे हाे।
सो सम्बन्धि विषयमा निवेदन दिन आवश्यक भए निवेदन दर्ता गरी/गराई सम्बन्धित कार्यालय मै सेवारत रहनुहुन अनुरोध गरिन्छ मन्त्रालयकाे सूचनामा भनिएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।