महोत्तरी- महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ मा रहेकाे श्री कामेश्वरनाथ मन्दिरको धर्मशालामा साेबार बिहान एक युवक मृत भेटिएका छन्।
नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय मधेशी मूलको जस्तो देखिने युवक बिहान मन्दिरको धर्मशालामा मृत भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए।
गएराति सो मन्दिरमा भजन, कीर्तन भइरहेको बेला धर्मशालामा बास बस्न गएका युवक आज बिहान बान्ता गरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
युवकले नशालु पदार्थ सेवन गरी मरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। तर उनको मृत्यु के कति कारणले भएको हो भन्ने स्पष्ट हुनका लागि शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।