काभ्रे- जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ।
रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गएराति एक बजे काभ्रेपलाञ्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा नेतृत्वको सुरक्षाकर्मी टोलीले रु नौ लाख ५७ हजार ८७० नगद तथा एक सेट कौडासहित जुवा खेलिरहेका २३ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाको राती नै मेडिकल जाँच गरी प्रहरी हिरासतमा राखिएको छ । उनीहरुलाई आजै म्याद थप गरी थप अनुसन्धान गरिनेछ।
अनुसन्धानपश्चात पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाई कारवाही थालिन जनाइएको छ। यसअघि काभ्रेपलाञ्चोक प्रहरीले गत साउनमा बनेपा नपा–८ खसीबजारस्थित चतुरमान तामाङको डेराबाट सात जुवाडेलाई नियन्त्रणमा लिई रु एक लाख २३ हजार बरामद गरेको थियो भने सोही दिन बनेपा नपा–६ रामन्दिर नजिकको दमाईसिं वाइवाको घरमा तास खेलिरहेका छ जनालाई पक्राउ गरी उनीहरुबाट रु एक लाख ४७ हजार बरामद गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।