• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

२८ वर्षपछि बदलिएको त्यो मापदण्ड जसले ट्याक्सीमा ‘मारुती अल्टो’ युगको अन्त्य गर्‍यो

64x64
शिव बोहरा सोमबार, मंसिर ९, २०७६  ११:५८
1140x725

काठमाडौं-  विसं २०२९ सालमा एयरपोर्टबाट काठमाडौंमा ट्याक्सी सेवा सुरु भएको थियो। काठमाडौं आउने विदेशीका लागि सार्वजनिक यातायातको रुपमा प्रयोग गर्न सकिने गरी ट्याक्सी सेवा सुरु भएको थियो। जतिबेला सर्वजनिक सवारीको विस्तार हुन सकेको थिएन। 

ट्याक्सी चढ्नु आज पनि आर्थिक हिसाबले आम मानिसका लागि सहज विषय होइन। तर पनि ट्याक्सी सार्वजनिक यातायातको रुपमै रहेको छ। सुरुवातका दिनमा टोयोटाको कोरोला गाडी ट्याक्सीका रुपमा काठमाडौंका सडकमा कुद्थे। टोयोटा कोरोला कार आज नेपाली बजारमा बिक्री हुन छाडेको छ। यो कार बिक्री नहुनुको कारण प्रतिस्पर्धा र महँगो मूल्य हो। 

२०४८ सालमा आइपुग्दा नेपालमा टोयोटा ट्याक्सी युगको अन्त्य भएको थियो। ०४८ सालमा सरकारले ८ सय सिसीसम्म इन्जिन क्षमताका कारलाई ट्याक्सीका रुपमा दर्ता गर्ने दिने निर्णय गरेको थियो। उक्त समयमा ८ सय सिसीसम्म इन्जिन क्षमता भएका कार सीमित थिए वा मारुती ८०० मात्र नेपाली बजारमा उपलब्ध थियो। तत्कालीन समयमा चौधरी समूहले व्यापक लविङ गरेर ८ सय सिसीसम्मका कारलाई मात्र ट्याक्सी बनाउन सफल भएको चर्चा व्यवसायी वृत्तमा अहिले पनि यदाकदा सुन्न पाइन्छ। 

त्यसयता नेपाली सडकमा मारुती ८०० मात्र ट्याक्सीका रुपमा गुडे। २०५७ जेठदेखि सरकारले साविक बागमती अञ्चलमा नयाँ ट्याक्सी दर्ता बन्द गर्‍यो। त्यतिबेला बागमतीमा साढे ७ हजार ट्याक्सी दर्ता भएका थिए। ती ट्याक्सी सबै मारुतीकै थिए। 

०५७ मा बन्द भएको नयाँ ट्याक्सी दर्ता सरकारले २०७२ जेठमा खुला गरेको थियो। यसरी नयाँ दर्ता खुला गर्दा पुरानो मापदण्डमा केही संशोधन गरियो। पुरानो मापदण्डमा ८ सय सिसीसम्मका कारलाई ट्याक्सीमा दर्ता गरिने व्यवस्था भएकोमा संशोधन गरेर ८ सय सिसी वा सोभन्दा माथि भन्ने प्रावधान थपियो। जसका कारण मारुतीको एकछत्र राजमा हुन्डाई, टाटा तथा टोयोटा ब्रान्डको समेत प्रवेश भयो। 

सरकारले ३३ सय ५० नयाँ ट्याक्सी दर्ता खुला गरेकोमा १८ सय ५० स्वरोजगार, व्यवसायीलगायतलाई र १५ सय भूकम्प प्रभावित जिल्लाका नागरिकलाई स्वरोजगार बनाउने भन्दै खुला प्रतिस्पर्धाबाट नयाँ ट्याक्सी दर्ता गरिएको थियो। 

२०७२ सालमा गरिएको संशोधनले करिब ३३ सय ५० नयाँ ट्याक्सीमा करिब ४ सय हुन्डाईको इयोन, १ सयभन्दा कम टाटा इन्डिका जिटा र एकोहोरो अंकमा मात्र दर्ता भएको थियो। यो हिसाबमा २८ सयभन्दा बढी ट्याक्सी मारुती सुजुकीकै दर्ता भएको थियो। 

मारुती सुजुकीको ट्याक्सी धेरै दर्ता हुनुमा विगतमा पनि त्यही ट्याक्सी दर्ता भएको, तुलनात्मक रुपमा सस्तो मूल्य र सर्भिस तथा स्पेयर पार्टसको सुलभ उपलब्धताका कारण धेरै बिक्री भएको पाइन्छ। भारतीय बजारमा उत्पादन भएकाले विगतमा मारुती ८०० र पछिल्लो समय त्यही गाडी अल्टो ८०० मा उपलब्ध रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले जारी गरेको ट्याक्सीको नयाँ मापदण्ड गत शुक्रबारदेखि नै कार्यान्वयनमा आएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भदौ ३० गतेको सहमति र विभागको मंसिर २ गतेको निर्णय भई कायम भएको मिटर जडित ट्याक्सीको नयाँ मापदण्ड कार्यान्वयनका लागि पठाएको विभागको पत्रमा उल्लेख छ। 

नयाँ मापदण्ड अनुसार अब १२ सय सिसीका सेडान कारमात्र ट्याक्सीका रुपमा दर्ता गर्न पाइने छ। पेट्रोलबाट सञ्चालित ट्याक्सीका सन्दर्भमा फोर स्ट्रोक सेडान कार, कम्तीमा १२ सय सिसी (माइनस १ प्रतिशत) वा सोभन्दा बढी, कम्तीमा ३ सिलिन्टर वा सोभन्दा माथि (पेट्रोल) र सेन्ट्रल लकिङ, एसी/हिटर, प्रिन्टर सहितको डिजिटल मिटर तथा एलइडीसहितको जिपिएस नेभिगेसन सिस्टम हुनुपर्ने उल्लेख छ। 

यो नियम आएसँगै अब नेपाली बजारमा मारुती अल्टो ८०० ट्याक्सीका रुपमा दर्ता हुने छैन। यद्यपि २०१९ मोडलको अल्टो ट्याक्सी सन् २०३९ सम्म नेपाली सडकमा कुद्ने छ। तर सरकारले यस्ता ट्याक्सी धनीलाई नयाँ ट्याक्सीमा केही सहुलियत दिएर २० वर्षे समयावधिअघि नै स्क्राम समेत गराउन सक्छ। विद्यमान कानुन अनुसार नेपालमा सार्वजनिक सवारी उत्पादन भएको २० वर्षसम्म्म सञ्चालन गर्न पाइन्छ। 

नयाँ मापदण्ड अनुसार अब काठमाडौंमा सेडान ट्याक्सी चढ्न पाइन्छ। सेडान कारलाई आरामदायी कारको रुपमा लिइन्छ। इटलियन भाषामा हाम्रोमा प्रयोग हुने ‘उलिनकाठ’ यस्तै सामग्रीलाई ‘सेडान चियर’ भनिन्छ। इटालियनहरुले प्रयोग गर्ने यस्तो कुर्ची केही विलासी समेत हुन्थ्यो। त्यही सेडान चियर कन्सेप्टबाटै सेडान कारको विकास भएको हो। 
त्यस्तैले सेडान कारको कन्सेप्ट इटालीबाटै आएको मानिन्छ। जुन संसारभर विलासी कारका रुपमा प्रचलित छ। प्यासेन्जर कार सेगमेन्टमा ३ बक्स कन्फिगरेसनमा आधारित भएर बनाइएको कार नै सेडान हो। सेडान कार ए, बी, सी पिलर हुन्छ। यी पिलरहरु सवारीको अन्तर्राष्ट्रिय सेफ्टी नर्मसमा आधारित रहेर बनाइएको हुन्छ, जसले सेडान गाडीलाई सुरक्षित राख्न मद्दत गर्छ। 

Xtrem

Xtrem

यो कारमा ३ बेग्लावेग्लै बक्स हुन्छन् जसमा अगाडीको बक्समा इन्जिन, बीचको बक्समा मानिस र पछाडीको बक्स लगेज राख्ने गरी निर्माण गरिएको हुन्छ। सेडान कार लगेज राख्न मिल्ने गरी मानिसका लागि लक्जरी प्राप्त हुने गरी उत्पादन गरिएको पाइन्छ। यसको बनोटका कारण यो सेडमेन्टका कारको नाम सेडान राखिएको हो। 

यो सेगमेन्टको कारलाई अमेरिका, क्यानडा, न्युजिल्यान्ड, अष्ट्रेलियालगायत देशमा सेडान नामकरण गरियो भने, ब्रिटिस तथा आइरिस मुलुकहरुमा यो कारलाई ‘सलोन’ समेत भन्ने गरेको पाइन्छ। 

यो कार ४ देखि ५ जनासम्मका लागि भनेर निर्माण गरिएको हुन्छ भने सामान राख्ने थोरै ठाउँ पनि हुन्छ। सिंगो अटोमोबाइल क्षेत्रमै सेडान सेगमेन्टका कारले आफ्नो छुट्टै पहिचान बनाएको छ, जसमा प्रयोगकर्ताले आफ्ना लागि विशेष सुविधाहरू पाउनेछन्। 

सेडान सेग्मेन्टको यही विशेषताले नै यो कारलाई थप लोकप्रिय बनाएको छ। यस्तै यो कार अहिले आममानिसको पहुँचमा पनि पुगिसकेको छ। अलि महँगो पर्ने ठूलो सेडान भने अलि बढी ‘लक्जरियस’ हुन्छ। 

पछिल्लो समय कम्प्याक्ट सेडान कार समेत लाकप्रिय रहेको छ। यो कारको लुक्स ह्याचव्याक जस्तो देखिए पनि यसमा पूर्ण रुपमा सेडानका विशेषता हुन्छन्। भारतीय गाडी उत्पादकहरुले धेरैजसो कम्प्याक्ट सेडान नै उत्पादन गर्ने गरेका छन्। अहिले नेपालमा कम्प्याक्ट सेडान कार धेरै मन पराइएको कारमा पर्छ। 

विश्वका ठूला लक्जरी कार निर्माताहरु लिमोजिन, जगुर, मर्सिडिजलगायतले सेडान कारलाई नै प्राथमिकता दिने गरेका छन्। नेपालमा कार आयात हुन थालेदेखि नै सेडान कार बिक्री हुँदै आएको छ। विगतमा नेपालमा सेडान कार नै ट्याक्सीको रुपमा थियो। 

अहिले ट्याक्सीको नयाँ मापदण्डले पुनः सेडानका कारलाई ट्याक्सी बनाउनुपर्ने भएको छ। तर विभागले ल्याएको मापदण्डमा विलासी सेडान कार ट्याक्सीमा आउने देखिँदैन। उक्त मापदण्डले तीन सिलिन्डर सेडान कार भनेको छ। यो विशेषता भनेको ह्याचब्याक काममा पनि हराउँदै जान थालेको छ। 

यसको अर्थ नेपालमा ट्याक्सीमा आउने सेडान कार सबैभन्दा सस्तो र कम क्षमताको हुने निश्चितप्रायः छ। जसमा स्वभाविक रुपमा सुविधाहरु कम हुने छन्। ट्याक्सीमा जाने भन्ने वित्तिकै कम्पनीले त्यो मोडल निजी प्रयोजनमा बिक्री गर्न कठिन हुन्छ। त्यसैले सस्तो र कम क्षमताको सेडान कार आएको अवस्थामा अन्य तुलनात्मक रुपमा महँगा कार ट्याक्सीमा जाने सम्भावना न्यून हुन्छ। 

तथापि २८ वर्षपछि ट्याक्सीका लागि नयाँ मापदण्ड आउनु सकारात्मक नै हो। यो परिमार्जन गर्दै जान सकिन्छ तर त्यसका लागि अर्को २८ वर्ष नआओस्। अब संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरुले पनि कानुन निर्माण गरी आफ्नो अधिकार उपयोग गर्न सक्छन्।

प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  ११:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार, असोज २६, २०८३
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार, असोज २६, २०८३
कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्