काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पुरुष फुटबलतर्फ भारतले नखेल्ने भएको छ।
भारतले साग फुटबलमा नखेल्ने भएसँगै अब ५ राष्ट्रले मात्रै सहभागिता जनाउने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत मंसिर ६ गते ‘ड्र’ सार्वजनिक गरेको थियो। ‘ड्र’ अनुसार नेपाल समूह ‘ए’ मा नेपालसँगै बंगलादेश र भुटान रहेका थिए। समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका थिए।
तर भारत नआउने भएसँगै अब फुटबल खेल राउण्ड रोविनको आधारमा सञ्चालन हुने भएकोछ। यसअघि एन्फाले सार्वजनिक गरेको खेल तालिका पनि रद्द भएको छ। अब एन्फाले फेरि खेल तालिका सार्वजनिक गर्नेछ। पुरुष फुटबलका सबै खेल दशरथ रंगशालामा हुनेछ।
यता, महिला फुटबल भने पोखरा रंगशालामा हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।