दिवङ्गत पितृको मोक्षका लागि पशुपतिमा शतबीज छरियो [फोटो फिचर]

नेपाल लाइभ | २०७६ मङ्सिर ९ सोमबार | Monday, November 25, 2019 ११:१४:०० मा प्रकाशित

काठमाडौ– मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानैदेखि देशभरका शिवालयमा शतबीज छर्नेको घुँइचो लागेको छ। आइतबार रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका हुन्।

त्यस्तै बिहानै स्नान गरी पशुपति क्षेत्रको मृगस्थलीमा भक्तजनहरुले शतबीज छरेका छन्। रातभर जाग्राम बसेर बालेको वत्ति सेलाउँदै गर्दा सय गेडा धान छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता अनुसार शतबीज छरिएको हो।

हेमाद्रीलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको सय गेडा छर्ने विधि भए पनि हाल कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छर्ने गरेका छन्।

त्रयोदशी राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ। पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भीड लागेको थियो।

तस्बिरमा शतबीज छर्नेको घुँइचो

स्वर्ण रजत कास्य जम्मा
भारत
१३१ ७७ ४० २४८
नेपाल
४५ ४४ ७५ १६४
श्रीलंका
३४ ६६ ९३ १९३
पाकिस्तान
२८ ३४ ४३ १०५
बंगलादेश
२८ ६६ १०२
माल्दिभ्स
भुटान