काठमाडाैं- माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ।
राम्रो काममा लगाइदिने भनी भारत पुर्याइएका काभ्रेपलाञ्चोककी २५ वर्षीया रीता र झापाकी २५ वर्षीया सविनाको उद्धार गरिएको हो।
माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पुर्याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो।
उनीहरुलाई आज नेपाल फर्काउन लागिएको अधिकारीले जानकारी दिइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।