काठमाडौं- म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा शेफिल्ड युनाइटेडसँग बराबरी खेलेको छ।
आइतबार राति भएको खेलमा शेफिल्ड युनाइटेडले म्यानचेस्टर युनाइटेडसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। शेफिल्डले आफ्नो २ गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो।
खेलको १९ औं मिनेटमा जोन फ्लेक र ५२ औं मिनेटमा लेस मोसेटले गोल गर्दै शेफिल्डलाई २–० गोलको अग्रता दिलाएका थिए। तर, म्यानचेस्टर युनाइटेडले खेलको ७२औं मिनेटमा ब्राण्डन विलियम्स र ७७ औं मिनेटमा मासुन ग्रीनवुडले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याए।
७९ औं मिनेटमा मार्कुस राष्फोर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई ३–२ को अग्रता दिलाए। यहाँ भने म्यानचेस्टर युनाइटेडले नाटकीय खेल खेलेको थियो।
मात्र ७ मिनेटमा ३ गोल गर्दै म्यानचेस्टर युनाइटेडले सबैलाई अचम्मित पारे। कुनै बेला हार नजिक रहेको म्यानचेस्टर युनाइटेड जित नजिक थियो। तर, खेलको अतिरिक्त समयमा ओलिभर म्याकब्रुनीले गोल गर्दै शेफिल्डलाई ३–३ गोलको बराबरी दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।