एजेन्सी- कङ्गोमा भएको विमान दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन्। विमानले धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कङ्गोको घना वस्तीमा खसेको थियो।
हताहत हुनेमा घर र त्यसवरपर रहेका मानिसहरू पनि छन्। अधिकारीहरूका अनुसार विमानमा १७ यात्रु र चालक दलका दुई सदस्य थिए। २४ शव घटनास्थलबाट निकालिएको गोमास्थित उद्धार टोली संयोजक जोसेफ माकुन्दीले बताए। गोमाबाट उत्तरी क्षेत्रमा रहेको बेनीका लागि आइतबार विहान करिब ९ बजे उडेको ‘डोर्नियर–२२८’ विमानस्थलबाट ३५० किलोमिटर टाढा आवास क्षेत्रमा खसेको कङ्गोका अधिकारीहरूले पुष्टि गरेका छन्।
घटनालगत्तै उद्धारकर्मी र स्थानीय बासिन्दाहरू दुर्घटनास्थलमा पुगेका थिए। विमान ठोकिएको घरहरूमा कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।