धनुषा- धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-३ का १ सय ५० गरिब, विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ। नेपाल लाइभ डटकम तथा स्वास्थ्यखबर पत्रिकाका जनकपुर संवाददाता अजय शाहको सक्रियतामा कम्बल वितरण गरिएको हो।
'तराईका लागि हाम्रो न्यानो अभियान' भन्ने मूल नाराका साथ क्षीरेश्वरनाथ नगरपालिका- ३ का पकडियाको विपन्न गरिब परिवारलाई ह्याप्पी फैमली टिम काठमाडौंको सौजन्यमा नेपाल लाइभकर्मी शाहले कम्बल वितरण गरेका हुन्।
जाडोका कारण विपन्नले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले थोरै घरपरिवारलाई भए पनि सहयोग गरौं भनेर कम्बल वितरण गरिएको शाहले बताए। कम्बल पाएका परिवारहरुले यस पटकको जाडो काट्न सजिलो हुने भन्दै खुशी व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य समेत रहेका शाहलाई कम्बल वितरण कार्यक्रमका अवसरमा वडाध्यक्ष अमरकिशोर सिंहले विपन्नलाई सहयोग गरेको भन्दै शाहलाई दोसल्ला ओढाएर सम्मानसमेत गरेका थिए। कम्बल सौजन्य गरेको ह्याप्पी फैमली टिम अध्यक्ष प्रतिभा खड्का, सर्वश्री अधिकारी, मीरा केसी, सगुन थापा र स्थानीय स्तरमा कार्यक्रममा सहयोग पुर्याउने स्थानीय युवा शशी भुषण गुप्तालाई समेत दोसल्ला ओढाएर वडाध्यक्ष सिंहले सम्मान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।