विराटनगर- मोरङ्गमा होली खेल्ने क्रममा झडप हुँदा गए राति ६ जना घाइते भएका छन्।
जहदा गाउँपालिका–१ का चन्द्रेश्वर साहको घरमा होली खेल्ने क्रम शुक्रबार राति अबेरसम्म चलेको र सोही क्रममा झडप भएको प्रहरीले जनाएको छ। होलीमा परिवारका सदस्यहरु सहभागी थिए।
झडपमा परी चद्रेश्वर साह, लक्ष्मण साह, रितादेबी साह, खगेन्द्र साह, कनैया साह र शम्भु साह घाइते भएका छन्। उनीहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरेहको छ।
घटनाबारे शनिबार बिहान मात्र प्रहरीले जानकारी पाएको थियो। इलाका प्रहरी कार्यालय बुधनगरले कुटपिटमा संलग्न ३४ वर्षीय शम्भु साहलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।