काठमाडौं– कमलपोखरीस्थित सिटी सेन्टरमा शनिबार दिनभर ठुलो संख्यामा प्रहरी खटाइएको छ। त्यहाँ कार्यरत एक सुरक्षा गार्डको शुक्रबार बिहान रहस्यमय मृत्यु भएपछि तोडफोड हुन सक्ने भएकाले ठुलो संख्यामा प्रहरी खटाइएको हो।
शुक्रबार बिशान भवनको चौंथो तलाबाट खसेर सुरक्षागार्ड रविन भुजेलको मृत्यु भएको थियो। उनको हत्या भएको भन्दै सिटि सेन्टरका मालिकलाई पक्राउ गर्नुपर्ने भन्दै भुजेलका परिवारले प्रहरीलाई दबाब दिदै आएका छन्।
बिहान करिब साढे ३ बजे भवनभित्रैको ग्राउण्डमा उनी खसेका थिए। अनुसन्धानका लागि केही व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त कमलपोखरीका डिएसपी कुलदीप चन्दले बताए। सिसिटिभीमा उनी भुईमा खसेको मात्र देखिएको छ कसरी झरे भन्ने देखिएको छैन। शुक्रबार राती त्यहाँ २ जना मात्र सेक्युरिटी गार्ड थिए।
घटना कसरी भयो अझै प्रष्ट हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।