ललितपुर- महालक्ष्मी नगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ।
‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ उक्त अभियानको आइतबार शुभारम्भ गर्दै नगरपालिका उपप्रमुख निर्मला थापाले कार्यक्रमले महिला सुरक्षाका सवालमा सचेतना वृद्धि गर्ने बताइन्।
नगरप्रमुख रामेश्वर श्रेष्ठले आफ्नो नगरपालिकाभित्र हिंसामा परेका महिला उत्थानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘यस कार्यक्रमले विशेष गरी महिलाका अधिकार, कर्तव्य र दायित्वबोध गराउने छ।’
सोमबारदेखि मङ्सिर २४ गतेसम्म चल्ने सो अभियानमा नगरपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविका, महिला सदस्य, विद्यालयमा अध्ययनरत बालबालिकालाई महिला अभिमुखीकरणलगायत सकारात्मक सोच र आत्मरक्षाको तालीम पनि दिइने कार्यक्रम छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।