काठमाडौं- पहिलो टेष्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानमाथि सहज जित हात पारेको छ।
आइतबार सम्पन्न भएको पहिलो टेष्टमा पाकिस्तानमाथि अष्ट्रेलियाले एकै पारीमा ५ रनले जित हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले सबै विकेटको क्षतिमा २४० रन मात्रै बनाएको थियो। पाकिस्तानका लागि असद शाफिकले ७६ रन बनाएका थिए। बलिङतर्फ मिचेल स्र्टाकले तीन विकेट लिए।
त्यसपछि आफ्नो पहिलो पारी थालेको अस्ट्रेलियाले उत्कृष्ट ब्याटिङ गर्दै ५८० रनमा सबै विकेट गुमाएको थियो। अस्ट्रेलियाको ठूलो स्कोरमा मार्नुस लावस्काग्नेले १८५ रन बनाउँदा ओपनर डेभिड वार्नरले १५४ रन बनाए। त्यस्तै, जोइ ब्रुनस ९७ रनमा आउट भए।
बलिङतर्फ यसिर शाहले ४ विकेट लिए।
आफ्नो दोस्रो पारी थालेको पाकिस्तानले ३३५ रन बनाउँदा सबै विकेट गुमाएपछि अस्ट्रेलियाले एक पारी र ५ रनले जित हात पारेको हो। पाकिस्तानका लागि बाबर अजामले १०४ र मोहम्मद रिजवानले ९५ रन बनाएपनि अस्ट्रेलियासँगको हार टार्न सकेन।
बलिङतर्फ जोश हजलवोडले ४ विकेट लिदा मिचेल स्टार्कले ३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।