काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको महिला क्रिकेटतर्फ नेपालले उद्घाटन खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएकोछ।
नेपालले पोखरा मैदानमा मंसिर १६ गते माल्दिभ्ससँग खेल्नेछ। महिला क्रिकेटमा अयोजक नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेश रहेको छ।
राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल १८ गते बंगलादेश र २० गते श्रीलंकासँग खेल्नेछ। अंक तालिकाको शीर्ष २ मा पर्ने टिम फाइनलमा स्वर्ण पदकको लागि खेल्नेछ।
नेपाली महिला क्रिकेट टिम
रुबिना क्षेत्री (कप्तान), सीता रानामगर (उपकप्तान), इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अञ्जली चन्द, सरिता मगर, शान्ती खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुँवर।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।