काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको क्रिकेटमा नेपालले श्रीलंकासँग खेल्दै सुरुवात गर्नेछ।
मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औं सागको क्रिकेट भने १७ गतेदेखि सुरु हुनेछ। टियु क्रिकेट मैदानमा हुने पुरुष क्रिकेट खेलमा ५ टिमको सहभागिता रहनेछ। आयोजक नेपालसँगै बंगादेशको यू–२३, श्रीलंकाको यू–२३ टिम, माल्दिभ्स र भुटान रहेका छन्।
उद्घाटन खेलमा नेपालले मंसिर १७ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, नेपालले १९ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ। २० तारिखमा माल्दिभ्ससँग खेल्ने नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग २१ तारिखमा खेल्नेछ।
राउण्ड रोविनको आधारमा हुने प्रतियोगिताको शीर्ष २ टिम फाइनलमा प्रवेश गर्नेछन। टी–२० फम्र्याटमा हुने खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले खेल्नेछ।
नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान). पारस खड्का, दिपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, विनोद भण्डारी. अविनाष बोहरा. सुशान भारी. कुशल भुर्तेल, सन्दीप जोरा, आरिफ शेख, पवन सर्राफ, ललितनारायण राजवंशी, राशिद खान, बैकल्पिक खेलाडी, रोहितकुमार पौडेल, भीम शार्की, सागर ढकाल ।
खेल तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।