दाङ- दाङको नेपाल भारत नाका क्षेत्रमा ५९ वटा सीमा स्तम्भ पुनःनिर्माण गरिएको छ।
भारतसँग जोडिएको दाङ भू–भाग ८३ किलोमिटरमा ७७ वटा सीमा स्तम्भ रहेका छन्। ७७ मध्ये ३७ मुख्य र ४० वटा सहायक रहेका छन्। तीमध्ये हालसम्म नेपाल र भारतले ५९ वटा सीमा स्तम्भ मर्मत गरिसकेका छन्।
नेपालले १४ मुख्य र २१ सहायक सीमा स्तम्भको निर्माण गरिसकेको छ भने बाँकी ४ मुख्य र एक सहायक सीमा स्तम्भ बनाउन बाँकी रहेको बताएको छ। नेपाल र भारत सरकारको सहमतिअनुसार नेपालले विजोर र भारतले जोर संख्याका सीमा स्तम्भ मर्मत गरिरहेको बताएको छ।
निर्माण तथा मर्मतको कामसँगै पेन्टिङ र नम्बरिङ भइरहेको सीमा सुरक्षा बल कोइलावासका सशस्त्र प्रहरी निरीक्षक ईश्वर डिसीले जानकारी दिए। लामो समयसम्म सीमास्तम्भको मर्मत नहुँदा सीमा क्षेत्र नै मेटिने अवस्थामा रहेको थियो।
नेपालको तर्फबाट नापी विभागका चिफ सर्वे अफिसर बलराम पोख्रेल र भारतको तर्फबाट एसएसबिका अनुरागकुमार शर्माको टोली सीमा स्तम्भको पुनःनिर्माण र मर्मतमा खटिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।