काठमाडौं– इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित हात पारेको छ। शनिबार राति भएको खेलमा एटलान्टालाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
युभेन्टसको जितमा गोन्जालो हिगुइनले २ गोल गर्दा पाउल डिबेलाले १ गोल गरे। एटलान्टाका लागि रोविन गोसेन्सले गोल गरेका थिए।
खेलको ५६औं मिनेटमा रोविनले गोल गर्दै एटलान्टाका लागि अग्रता दिलाए। खेलको ७४औं मिनेटमा हिगुइनले गोल गर्दै युभेन्टसलाई १–१ गोलको बराबरीमा ल्याए।
खेलको ८२औं मिनेटमा उनले नै गोल गर्दै युभेन्टसलाई २–१ गोलको अग्रता दिलाए। क्रिष्टियानो रोनाल्डो विना नै मैदानमा उत्रिएको युभेन्टसका लागि खेलको अतिरिक्त समयमा डिबेलाले गोल गर्दै ३–१ गोलको जित दिलाएका हुन्।
यो जितसँगै युभेन्टसले १३ खेलबाट ३५ अंक बनाएको छ। यता, दोस्रो स्थानमा रहेको इन्टर मिलानको पनि समान खेलबाट ३४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।