काठमाडौं– लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
लिभरपुलको जितमा साडियो माने र रोबेर्टो फिर्मिन्होले गोल गरे। क्रिस्टल प्यालेसका लागि विलफ्राइड जाहाले गोल गरे।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा २ गोल गर्दा १ गोल खान पुगेको थियो। खेलको ४९औं मिनेटमा मानेको गोलबाट लिभरपुलले अग्रता बनायो।
खेलको ८२औं मिनेटमा जाहाको गोलबाट क्रिस्टलले १–१ गोलको बराबर्री बनाएको थियो। तर ८५औं मिनेटमा फिर्मिन्होले गोल गरेपछि लिभरपुल २–१ गोलले विजयी भएको हो।
जितसँगै लिभरपुलले १३ खेलबाट ३७ अंक बनाएको छ। क्रिस्टलले भने १३ खेलबाट १५ अंक मात्रै बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।