काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले वेस्ट ह्यामलाई पराजित गरेको छ।
शनिबार राति भएको खेलमा वेस्ट ह्यामलाई टोटेनहमले ३–२ गोलअन्तरले पराजित गरेको हो। टोटेनहमको जितमा सन हेयुङ मिन, लुकास मउरा र ह्यारी केनले गोल गरे।
यता, वेस्ट ह्यामका लागि मिचेल एन्टोनियो र एन्जेलो ओग्बोनले गोल गरे। खेलको ३६औं मिनेटमा सन हेयुङ मिन र ४३औं मिनेटमा लुकासले गोल गर्दै टोटेनहमलाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाएका थिए।
खेलको ४९औं मिनेटमा कप्तान केनले गोल गर्दै टोटेनहमलाई ३–० गोलको अग्रतामा पुरर्याए। खेलको ७३औं मिनेटमा एन्टोनियो र खेलको अतिरिक्त समयमा एन्जेलोले गोल गर्दै ३–२ को स्थितिमा ल्याएपनि टोटेनहमलाई रोक्न भने सकेन।
प्रशिक्षक जोसे मौरिन्होले टोटेनहम सम्हालेसँगै जित हात पारेको हो। मौरिन्होको लागि यो सुखद सुरुवात हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।