काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग चेल्सी स्तब्ध बनेको छ।
शनिबार राति भएको खेलमा घरेलु टोली सिटीले चेल्सीलाई २–१ गोलअन्तरले पराजित गरेको हो। सिटीको जितका लागि केभिन डी ब्रुयन र रियाद महरेजले गोल गरे।
यता, चेल्सीका लागि एन’गोलो कान्टेले गोल गरे। कान्टेले खेलको २१औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। खेलको २९औं मिनेटमा केभिनले गोल गरेपछि म्यानचेस्टर सिटीले १–१ गोलको बराबरी बनाएको थियो।
महरेजले खेलको ३७औं गोल गरेपछि सिटी पहिलो हाफसम्म २–१ गोलले अघि रहेको थियो। दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसकेपछि सिटीले चेल्सीलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
यो जितसँगै सिटी तेस्रो स्थानमा उक्लिएको छ भने चेल्सी चौथो स्थानमा झरेको छ। १३ खेलबाट सिटीले २८ अंक बनाउँदा चल्सीको भने समान खेलबाट २६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।