काठमाडौं– स्पेनिस लिग फुटबलमा बार्सिलोनाले लेगानेसलाई पराजित गरेको छ।
शनिबार राति भएको खेलमा लेगानेसलाई बार्सिलोनाले २–१ गोलअन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा लुइस स्वारेज र अर्तुरो भिडालले गोल गरे।
यता, घरेलु टोलीका लागि युसुफ नेस्यरीले गोल गरेका थिए। खेलको १२औं मिनेटमा नै नेस्यरीले गोल गर्दै लेगानेसलाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाएका थिए।
पहिलो हाफमा १ गोलले पछि परेको बार्सिलोनाले पुनरागमन गर्दै दोस्रो हाफमा २ गोल गर्न सफल भयो।
खेलको ५३औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए। खेलको ७९औं मिनेटमा बार्सिलोनाका लागि भिडालले गोल गरेपछि २–१ गोलको जित हात पारेको हो।
जितसँगै बार्सिलोनाले १३ खेलबाट २८ अंक बनाएको छ। पराजित लेगानेस भने लिगको पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।