रसुवा- जिल्लाका २७ कर्मचारीले स्वेच्छिक अवकाश लिन आवेदन दिएका छन्।
प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार स्वेच्छिक अवकाश लिन आवेदन दिएका कर्मचारीमा राजपत्राङ्कित तृतीय श्रेणीका ४, राजपत्र अनाङ्कित प्रथम तहका २, द्वितीय तहका २, तृतीय श्रेणीका १ र श्रेणीविहीन १८ जना छन्।
आवेदन दिनेमा भन्सार, जिल्ला प्रशासन, कृषि, पशुसेवा, हुलाक, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, शिक्षा, स्वास्थ्य, खानेपानी र सिंचाइ कार्यालय अन्तर्गतका कर्मचारी रहेको बताइएको छ।
जिल्लामा करिब २ सय कर्मचारी कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।