चितवन- चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले कलेज प्रशासनले विद्यार्थीविरुद्ध षड्यन्त्र गरिरहेको बताएका छन्।
कलेजको होस्टलबाट दिउसो प्रहरीले पेस्तोल पक्राउ गरेपछि विद्यार्थीहरुले उक्त पेस्तोल कलेजले नै राखेको दाबी गरेका छन्।
प्रहरीले भरतपुर कैलाशनगरमा रहेको कलेजको होस्टलबाट एउटा पेस्तोल र केही थान गाली बरामद गरेको थियो।
उक्त घटना लगत्तै विद्यार्थीहरुले संयुक्त हस्ताक्षर गर्दै कलेज प्रशासनले नै हतियार ल्याएको दाबी गरेका हुन्।
‘कलेज परिसरभित्र प्रहरी छिरेर गरेको अनुसन्धान नामक भ्रामक षड्यन्त्र गरि कलेज प्रशासन स्वयंले हतियार ल्याएको कलेजका विद्यार्थी सबै प्रत्यक्षदर्शी छौं,’ विद्यार्थीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीले कलेज प्रशासनका सबैलाई गिरफ्तार गर्न पनि माग गरेका छन्।’
विद्यार्थीले प्रहरीसमक्ष निवेदन समेत दिएका छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।